गंगादेब गाउपालिका वडा नं ३ कुकुरगारे गाँउमा ३५ घरधुरीले प्रयोग गरिरहेको खानेपानी लुम्बिनी प्रदेश सरकारको बजेट सहयोगबाट मर्मत गरि संचालनमा ल्याएपछि गाँउमा खुसियाली छाएको छ । जिर्ण बन्दै गएको खानेपानी आयोजना एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण भएको सहायक मुहान मर्मत हुदा गाउमा खुसियाली छाएको हो ।
२०५७ सालमा निर्मित स्यानी खोली-कुकुरगारे खानेपानी आयोजना निर्माण पछि मर्मतकोलागि बजेट अभावमा खानेपानी आयोजना जिर्ण बन्दै गएको थियो । इन्टेक, मुख्य पाइप लाइ, बितरण पाइपलाइ, धारा, लगाएतका संरचना भत्किदै गएका थिए ।

निर्माणपछि मर्मतकोलागि कुनैपनि निकायबाट रकम बिनियोजन गर्न ध्यान गएको थिएन। स्थानियको सक्रियतामा पाइपलाइन मर्मत गर्दै जेनतेन पिउनकोलागि पानी भने संचालमा थियो ।
लुम्बिनी प्रदेश मुख्यमन्त्रिका प्रेस संयोजक मानसिङ बिक संग स्थानियको फोन परामर्श पछि जिर्ण खानेपानी मर्मतकालागि छुट बजेटबाट ५ लाख बिनियोज भयो । खानेपानी मर्मत पश्चात गाँउमा खुसियाली छायो। उपभोक्ता समितिका अध्यक्ष नरबहादुर खत्री गाउमा खानेपानी मर्मत पछि खुसि छन, उनी भन्छन ”आयोजना मर्मत गर्न लागत धेरै लागेको छ, उपभोक्ताले धेरै श्रम गरेका छन, दुःख जति भएपनि बिग्रदै गएको खानेपानी मर्मत गर्ने रकम प्राप्त भइ काम बनेको छ, यसमा म लगाएत सबै खुसि छौ, पहलकर्तालाइ धन्यवाद छ”।
उनले बजेट बिनियोजन गर्न पहलकर्ता मासिङ बिकलाइ नचिने पनि धन्यवाद दिएका छन । संझौता भएको छोटो समयमा पनि आयोजना सम्पन्न गरि संचालनमा ल्याएकाले अध्यक्ष नरबहादुर खत्री उपभोक्ताबाट धन्यवाद का पात्र बनेका छन ।