रोल्पामा गंगादेब गाउपालिकामा स्थानिय सरकार स्थापनाकालदेखिको आलोचनाले निरन्तरता पाएको छ । नेकपा माओवादी केन्द्र गंगादेब गाउपालिकाले प्रेस बिज्ञप्ति जारी गर्दै स्थानिय सरकार संचालनमा आरोपै आरोप लगाउदै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
माओवादी केन्द्र गंगादेबका अध्यक्ष नर सिं राना र सचिव जलेश कुमार केसीले हस्ताक्षर गरेको बिज्ञप्तिमा गाउपालिकाको नाम र केन्द्र नीति र विधि बिपरित अपब्याख्या गरेको, नाम र केन्द्रको बारेमा बिबादित निर्णयको मुद्दा सर्बोच्च अदालतमा बिचाराधिन रहेको अबस्थामा प्रशासनिक केन्द्र जबर्जस्ती सार्ने प्रयत्न गरेको समेत आरोप लगाइएको छ ।
त्यसैगरी बिज्ञप्तिमा भनिएको छ, गाउपालिकाले शिक्षा ऐन बनाएर सृजना गरेको स्वयमसेवक शिक्षक दर्बन्दी आउदो शैक्षिकसत्रदेखि बजेट ब्यवस्था नगर्ने धम्कि दिने गरेकोमा पनि बिरोध जनाएको छ । जुन निर्णय कार्यान्वयन भए १६८ जना शिक्षकहरु बिस्तापित हुने, केही बिद्यालय र धेरै कक्षाहरु बन्द हुने सम्मको संकेत देखिन्छ।
त्यसैगरी गाउपालिकाले कर्मचारीको करार अबधि थपघट गर्ने आन्तरिक नीति र विधि कार्यान्वयन नगरि गाउपालिका कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी निलम्बन गरेको बिषयमा पनि बिरोध जनाएको छ, बिज्ञप्तिमा भनिएको छ राजनितीक पूर्वाग्रहका आधारमा केहीलाई निलम्बन,कसैलाई पुन: नियूक्ती, केही राजनैतिक हिसावले भ्रति गरेको र अझै केहीलाई निलम्बनको धम्की समेते दिने गरेको आरोप लगाएको छ । साथै निलम्बन कर्मचारीलाई पुनरवहाली गर्न माग समेत गरेको छ ।
हाल बिवादमा आएका हरिबहादुर पुन नेपाली काग्रेसबाट निर्वाचित गाउपालिका अध्यक्ष तथा नेपाली काग्रेस रोल्पा जिल्ला उपसभापति समेत हुन ।