कुनै बेला सामाजिक संजालमा नाटकै हो, नौटंकी नै हो भन्ने शब्द अत्यन्तै भाईरल थिए । आज फेरि यी पात्रहरुले प्रयोग गरेका शब्द भन्दा यी पात्रहरु एकै स्थानमा उभिएकै कारण भाईरल भएका छन, यी पात्रहरुले देशलाई कता तिर लैजान्छन भनेर धेरैलाई अन्योलता छ, कसैले अनुमान समेत गर्न सकेका छैनन्। देशको राजनीतिमा निकै चुनौती बढेको छ र अहिले देश संकटपुर्ण स्थितिमा छ यो धेरैलाई जानकारी नै छ ।
अर्को कुरा हिजोआज देशमा पवित्र होस या अपवित्र बिचार र सिद्धान्त निष्ठ गठबन्धन चलिरहेको छ, मलाई त अचम्म लागि रहेको छ। कसैलाई को कताको भनेर छुटाउन कठिन छ, कसैलाई प्रधानमन्त्री र कसैलेलाई राष्ट्रपति चाहिएको छ, हिजो कदम असंवैधानिक भयो देश प्रतिगमनको दिशा तिर गयो भनेर हामी यहाँ छौ भन्दै सडक आन्दोलन गरेका यी पात्रलाई तपाई अब कसरी हेर्नुहुन्छ? यी पात्रहरु एकै ठाउँमा भएकोमा तपाईलाई कस्तो लागेको छ? मलाई त देशमा नाटक, नौटंकी एक भएको परिदृष्य देख्दा दिक्क लाग्छ ।
देशमा चलिरहेका यस्ता गतिविधि, काम, कार्य र कुराहरुलाई देख्दा बिरोध आवाजहरु बुलन्द भएको महसुस लाग्छ अनि मनमा लागेका कुराहरु लेख्न मन लाग्छ, राजनीति आस्था सबैको हुन्छ तर यो देशमा दोहोरिरहने बिचार र सिद्धान्त निष्ठ राजनीति भने मलाई फिटिकै मन पर्दैन, देशमा घटेका घटनाक्रमलाई आफुले बुझेको आधारमा मनमा लागेका नराम्रा काम, कार्यहरू प्रति केही कुराहरू लेख्ने प्रयास गर्छु । अर्को तिर म एउटा विद्यार्थी हु अहिलेसम्म त पढदैछु सकियो भने पढाई बाट देशमै बसेर केहि गर्छु, नसके पछी खाडी मुलुक धाउछु । अरु त के नै छ, हाम्रो नेपालमा न त रोजगारका अवसर छन, यस्तै अवस्थाको निरन्तरताले नत अब कुनै अवसर सिर्जना हुनेवाला छ।
हाम्रो देशका युवाहरूले गर्ने भनेको बिदेशमा त हो नेपालमा त पढ्ने अनि काम मिलाईदिनु पर्यो हजुर भनेर हात जोड्ने मात्रै हो। अहिले पाटीको झन्डा बोकेर नारा जुलुस लगाउदै पछि पछि लागेका साथीहरुलाई मेरो एउटा सुझाव छ ? हजुरको सहयोग गर्ने कुनै आफन्त, ठुला मान्छेहरुको साथ छ भने होला नत्र भने हजुरको दिनपनि झोला बोक्नमै जानेछ। हाम्रो देशमा बुद्धि बिकेकले राजनीति हुदैन राजनीति गर्नेकोलागि त पैसा अनि पावर चाहिन्छ नेतृत्व गर्न बुद्धि विवेक ज्ञान् होइन, अरुलाई आक्षेप लगाउन सक्नेहुनुपर्छ उनीहरुको झोले बनेर पछि-पछी हिड्ने हुनुपर्छ, त्यसो गरेको परिणाम हाम्रो देशको हालत यस्तो परिवेश छ। त्यसैले किन गर्छौ ब्यर्थै साथीभाइ संग मनमुटाब, किन गर्छौ ब्यर्थै घर गाउँमा छिमेकी संग वादविवाद, भोलि चाहिने भनेको तिमि अनि उनि होइन र ?
अहिले चलिरहेका गतिविधिहरु सबै नौटकी जस्तै होइन र हिजो घर घरमा कलह थियोे सडक- सडकमा आन्दोलन भयो आफन्तहरु बिच मनमुटाव भयो एक अर्को (नाटक र नौट्की) बिच भेदभाव थियो । यस्तो गरेर हामीलाई के फाईदा भयो यी आन्दोलन गराउने पात्रहरु त कमाउने ठाउँ गए, अब सत्तामा गएपछि जे गरेनी हुन्छ होला, भ्रष्टाचार गरेर जति लुटेनी सहने त होला । विचारा हामी सोझा सिधा जनतालाई सड्कमा उफार्न सम्झने त हुन, सत्तामा पुगे जनताको आवाज कसले सुन्छ? जनतालाई चाहिएको रोजगारी हो, बिदेशीनुपर्ने बाध्यता हटाउनुपर्ने हो । नाटक र नौटंकी हरुको पछि-पछि लागेर दौड्ने हाम्रो केहि काम छ? भोलिका हामी जनताहरुलाई दु:ख नपर्ने मार्गदर्शनमा साथ दिने कोहि छ ?
मलाई जहाँ सम्म लाग्छ सिद्धान्तनिष्ठ राजनीति गर्ने सबैको नियति एउटै छ, तैपनि हाम्रो साथ उनी भ्रष्ट पात्रहरुलाई छ, अस्ति भोट माग्न जादा उहाँहरुले गरेको बाचाहरुको परिवर्तन के के होला, हजुरहरु कसैलाई थाहा छ? न देशमा कुनै बिकास हुन्छ न जनताको समस्या समाधान हुन्छ । गरिबलाई जहिले पनि जाडोमा चिसो र गर्मिमा धुप सहिरहनुपर्छ।
शान्तिसुरक्षा, अनियमितता तर्फ घटनाहरुलाई एकपटक सम्झ्नुहोस त निर्मला पन्त हत्या काण्ड, सम्झना बिक हत्या काण्ड, ललिता निवास जग्गा काण्ड, नबराज बिक हत्या काण्ड,३३ किलो सुन काण्ड, बाईडबडी भ्रष्टाचार, सेक्युरिटी प्रेन्टिङ प्रेस खरिद काण्ड, मेलम्ची ठेक्का काण्ड यस्ता काण्ड नै काण्ड भएको देश, खुला नजरले हेर्दा “जो चोर उसैको हातमा साचो” भएनर अहिलेको राज्यसत्ता । भखरै नेतृत्व सत्ता र शक्तिमा पुगेका नयाँ सोच बिचार र धारण बोकेकाले काम गर्छन् भन्ने तपाईहरुलाई कत्तिको बिश्वास छ र? राष्ट्रप्रति भक्तिभाव राख्ने जनतालाई भने त्यति धेरै आश लागेको छैन, त्यही पनि केहि भैहाल्छ कि भन्ने धेरैको आश छ, त्यो हेर्न बाकी छ । तर मलाई लाग्छ सबै महाराजहरुको आ-आफ्नो स्वार्थ छ, स्वार्थ पुरा गर्ने देखावटी नारा फरक छ । देशमा केही गर्छौ भन्नेको नाटक बुझिनसक्नु छ। देशको बिकास गर्छौ भनेर जन्मेको दोस्रो पुस्ताले नेतृत्व पाउन भौतिक शरिरको अवशान हुनुपर्ने देखिन्छ। नयाँ कामकोलागि नयाँ नेतृत्व दिने र नेतृत्व गरि देशको संबृद्दिमा परिवर्तन गर्ने आट, साहास छैन, यदि त्यो कोही एकले आट गरे जनताको साथदिने साहास छैन । अनि कहिले बन्छ देश? कहिले हुन्छ यूवाले सोचेको संबृद्दि ?
तसर्थ नाटक र नौट्कीको पछि लागेर उहीँ उमेर, उहीँ पुस्ता उहीँ पात्रलाई निरन्तरता दिनु भन्दा, पुस्ता हस्तान्तरणकोलागि सोच्नेबेला भएन र ! जय संबृद्दि, जय देश !