• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको दुर्गम गाँउमा प्रदेशस्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता आयोजना

रोल्पा २०७९ माघ २२ गते आइतवार

लुम्विनी प्रदेशको दुर्गम गाउँ परिवर्तन गाउँपालिकामा रोल्पामा प्रदेश स्तरीय प्रतियोगिता आयोजना तेक्वान्दो आईटीएफ प्रतियोगिता उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन रोल्पा ( २) बाट निर्वाचित लुम्बिनी प्रदेश सांसद माननीय दिपेन्द्र कुमार पुनले गर्नुभएको हो ।

रोल्पा निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुन”सिजल”ले रोल्पा जिल्ला लुम्बिनी प्रदेशमा भौगोलिक हिसाबले दुर्गम भएको बताउनुभएको छ । परिवर्तन गाउँपालिका अध्यक्ष कप, लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथि समेत रहेका पुनले सो कुरा बताउनुभएको हो।

आज रोल्पाको दुर्गम ठाउँमा त्यो पनि अझ रोल्पाको पनि दुर्गम ठाउँ परिवर्तन गाउँपालिकामा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरेर बाँके,बर्दिया,रुपन्देही, अर्घाखाँची, प्युठान, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम पूर्व लगायतका जिल्लाका खेलाडीलाई सहभागी गराएर गाउँपालिकाको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो।

भौतिक लगानी तत्कालै देखिने र खेलकुदको लगानी बीस बर्षपछी मात्र देखिने साथै परिवर्तन गाउँपालिकामा भएको प्रतियोगिताको बीस,पच्चीस बर्षपछि यो समय यो प्रतियोगिता रोल्पाको परिवर्तन गाउँपालिकामा भएको थियोे हैं भन्ने स्मरण हुने समेत बताउनुभयो। अहिले धेरै जनताको बुझाई कुनै भौतिक निर्माणको कार्य,खानेपानी,शिक्षा,स्वास्थ्यमा भएको विकासलाई मात्र देख्ने गरेको र अरु राष्ट्रका लागि गरेका कार्यहरू नदेख्ने गरेको र पालिकाले अहिले गरेको लगानीको अबको दस,बीस बर्षपछी मात्र आउने समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस