• एउटै दृष्टि, भिन्न कोण
  • Search

अनिवार्य सामुदायिक बिद्यालयमा भर्ना गर्न परिवर्तन गाउँपालिकाको उर्दी

रोल्पा २०८० जेष्ठ १० गते बुधवार

रोल्पाको परिवर्तन गाउँपालिकाले सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिले आफ्ना बालबालिकालाइ सामुदायिक बिद्यालयमा अनिवार्य भर्ना गरी सहयोग गर्न अपिल गरेको छ ।


 परिवर्तन गाउँपालिका, गाउँ कार्यपालिकाले गत जेठ ८ गतेको निर्णय बमोजिम जनप्रतिनिधि, वहालवाला शिक्षक, कर्मचारी वि.व्य.स. र सि.अ.स.का पदाधिकारी हरुलाइ अनिवार्य यथाशीघ्र भर्ना गर्न बिज्ञप्तीमार्फत आग्रह गरेको छ ।

हाल विद्यालय भर्नाको समय सकिएको भएपनि सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको प्रति भने आभिभावक र विद्यार्थीमा अन्योलता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस