• एउटै दृष्टि, भिन्न कोण
  • Search

बि.ब्य.स हस्तक्षेपको बिरोध गर्दै बिद्यालय बन्द

रोल्पा २०८० जेष्ठ १२ गते शुक्रवार

शिक्षा ऐन बिपरित स्थानिय तहले बनाएको शिक्षा नियमावलीमा रहेर गरिएको हस्तक्षेपको बिरोध गर्दै बिद्यालय बन्द गरिएको छ । गंगादेव गाउँपालिका ५ सिमखोलामा रहेको श्री नेपाल राष्ट्रिय माविमा वि.व्य.स. गठन प्रक्रियामा शिक्षा ऐन बिपरित स्थानीय तहले हस्तक्षेप गरेर आफ्नो अनुकूलतामा वि.व्य.स. गठन गरेपछी स्थानीयले बिद्यालयमा तालाबन्दी गरेका हुन ।

शिक्षा ऐन बिपरित स्थानिय सरकारले शिक्षा नियमावली ल्याउदै अभिभावकको भूमिकालाई निस्तेज पार्ने प्रक्रिया गलत भएको बताउदै, बिध्यालय बन्द गर्न बाध्य भएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस