गंगादेब गाउपालिका रोल्पाको जिनावाङ स्वास्थ्य चौकीमा संचालित पालिकाको एक मात्र ल्याव सेवा बन्द भएको छ। गाँउपालिकाले ल्याव असस्टेेनको दर्वन्दि कटौती गर्दा संचालित ल्याव सेवा बन्द भएको हो ।
ल्याव सेवा बाट सामान्य परिक्षणहरु दिशा, पिसाव, रगत जाँचको सुविधा दिदै आइएको थियो। स्वास्थ्य क्षेत्र आमूल परिवर्तनको नाममा गाउपालिकाले दर्वन्दि कटौती गर्दा परिक्षण सेवा बन्द भएको हो ।
ल्याव सेवा बन्द भएपछि ल्याव सेवाकोलागि खरिद गरिएका सामाग्रीहरु प्रयोग विहिन भएका छन। स्वास्थ्यकर्मीका अनुसार ल्याव सेवा बन्द भएपछि स्वास्थ्य संस्थाबाट बिगतमा दिदै आएको सेवाहरु दिन नसकी सल्यान र दाङ जान सुझाव दिने गरेको बताए ।
२०७५ सालमा स्थानिय सरकारले बजेट ब्यवस्थापनगरि ल्याव सामाग्री खरिद र कर्मचारी ब्यवस्थापन एकै पटक गरि सुकाओडारमा रहेको जिनावाङ स्वास्थ्य चौकीबाट सेवा सुरु गरिएको थियो।
नव निर्वाचित गाउपालिका अध्यक्षले ल्यावको महत्व नबुझी कर्मचारी करार नविकरण नगर्दा सामान्य ल्याव परिक्षणकोलागि गंगादेव गाँउपालिकाबाट सल्यान र दाङ जानुपर्ने बाध्यता रहेको स्थानिय सेवाग्राहीले बताए ।