• एउटै दृष्टि, भिन्न कोण
  • Search

बिश्व वातारण दिवसमा कुचो बितरण ।

रोल्पा २०८० जेष्ठ २२ गते सोमवार

आज बिश्व वातावरण दिवस , हरेक वर्ष जुन ५ तरिकमा मनाइने बिश्व बातारण दिवस रोल्पाको माडी गाउँपालिकमा पनि मनाइएको छ ।


बिट प्लास्टिक पलुसन अर्थात पलास्टिक प्रदुशन विरुद्ध लागौँ भन्ने मुल नारा सहित यो बर्ष विश्व वातावरण दिवस मनाइदै छ । यसै क्रममा घर्तिगाउँ टोल बिकास संस्थालाइ सरसफाइको लागि कुचा बितरण गरी बजार क्षेत्र सरसफाइ गरी यो दिवस मनाएको । आज बिहान एक कार्यक्रमका बिच माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले बजार सरसफाइका लागि कुचा बितरण गर्नुभएको थियो । कुचा ग्रहण गर्दै टोल बिकास संस्थाका अध्यक्ष लिला बहादुर घर्तिमगरले घर्तिगाउँ बजार सरसफाइमा आफुहरु प्रतिबद्ध रहेको र अघिदेखि नै प्रत्येक शुक्रवार बजारमा क्षेत्र छुट्याएर सरसफाइ गरिरहेको बताउनुभएको थियो । वातावरण सरसफाइमा सबै लाग्न प्रेरित गर्ने अर्थका साथ वातावरण दिवसको अवसरमा कुचो बितरण गरिएको पालिका अध्यक्ष घर्तिमगरले बताउनुभयो । रोल्पाको घर्तिगाउँ बजार पश्चिम रोल्पाको केन्द्र समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस