रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु भएको छ ।
आज सोमबार देखि टोल विभाजन गरी वडा नं. ७ को वडा कार्यलयबाट परिचयपत्र विवरण संकलन कार्यकार्य सुरु गरिएको गंगादेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश के.सी ले जानकारी दिनुभयो ।
शनिबार तथा अन्य विदाको दिन पनी सेवा सुचारु गरिने वडा अध्यक्ष के.सीको भनाइ रहेको छ । वडावासी कोही पनि नछुटुन् भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र विवरण संकलन गर्न थालेको हो ।
राष्ट्रिय परिचय पत्र नेपाली नागरिकको ऐतिहासिक र प्राय सबै बिवरण खुल्ने हाते पुस्तिका जस्तै भएकोले यसमा सबैलाई सहभागी हुन आह्वान गाउँपालिकाकाले आग्रह समेत गरेको छ
।