मुगुको खत्याड गाउपालिका किशोरीले पुन प्रयोगमा आउने प्याड बनाउने सीप सिक्ने भएका छन। कर्णाली गरिबी न्युनिकरण तथा विकास मञ्च मुगुको आयोजनामा खत्याड गाउपालिका भित्रका ३ सय २० किशोरीले पुन प्रयोगमा आउने प्याड बनाउने सीप सिक्ने भएका हुन ।
किशोरीहरुको महिनावारी सरसफाइमा सुधार होस भन्ने उद्येश्यले पुन प्रयोगमा आउने प्याड निर्माण गर्ने सीप संचालन गरेको फिल्ड अधिकृत टेकम वलीले जानकारी दिए, ‘उनका अनुसार मुगु जिल्लाका ३ वटा पालिकामा रहेका ३४ बिद्यालयमा अध्यनरत १ हजार ३ सय ६० छात्राहरूको सीप विकास गर्ने लक्ष रहेको बताए ।’
नरम फ्लाटीनको कपडाबाट निर्माण गर्न सकिने प्याड महिलाहरुकोलागि सस्तो, सुलभ र सजिलै सबै महिलाहरुको पहुँचमा हुने केपिएडिएफ फिल्ड सहायक अम्पुरा बुढाले बताइन, उनका अनुसार १ मिटर कपडाबाट ८ वटा प्याड निर्माण गर्न सकिन्छ ।
फ्लाटीन कपडाबाट निर्माण गरेको प्याड प्रयोग गर्दा सजिलो हुने गरेको कक्षा १० मा अध्ययनरत तालिम प्राप्त छात्रा आस्था शाही ले बाताइन । आस्था खत्याड गाउपालिकाको पञ्चोदय माद्यामिक विद्यालय नखर्जीमा अध्ययनरत छात्रा हुन । बालक्लवमा उपाध्यक्ष पदमा रहेकी उनले सबैले फ्लाटिन कपडाबाट घरमै प्याड बनाएर प्रयोग गर्न सुझाउछिन ।
बालशिक्षा माद्यामिक बिद्यालय कवामा कार्यरत शिक्षिका किरण कार्की ‘रोकाया’ पनि कपडाबाट निर्मित प्याड प्रयोग गर्दा सजिलो भएको बताउछिन। सबैको पहुँचमा हुने र बातावरण प्रदुषण समेत रोक्ने भएकोले कपडाबाट निर्मित प्याड प्रयोग गर्न सल्लाह दिन्छिन । कपडाबाट निर्मित प्याड बनाउने सिपले दुर्गमका महिलाहरुमा प्याडको पहुचमा पुग्ने पनि उनको बिश्वास छ।
गुड नेवर्स जापानको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली गरिबी न्युनिकरण तथा विकास मञ्च मुगको सहजिकरणमा मुगु जिल्लाको ३४ वटा बिद्यालयहरुमा बिद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना संचालनमा रहेको छ ।