• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको माडी गाउँपालिकामा गाईको बाच्छी काटेको अभियोगमा तीन जना पक्राउ

रोल्पा २०८० असार १२ गते मङ्गलवार

रोल्पाको माडी गाउँपालिका ५ भावाङमा गाईको बाच्छी काटेको अभियोगमा ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा माडी गाउँपालिका-५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन् । नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भावाङबाट खटिएको प्रहरीले गाईको बाच्छीको टाउको, २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको वताइको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत:- डिसी नेपाल अन्लाईन ।

प्रतिक्रिया दिनुहोस