• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको जनसेवा नमुना मावि राङ्सी देशकै उत्कृष्ट पाँचौ नम्बरमा पर्न सफल

रोल्पा २०८० असार १३ गते बुधवार

रोल्पाको परिवर्तन गाउँपालिका २ राङसीमा रहेको जन सेवा नमुना माध्यामिक विद्यालय देशकै उत्कृष्ट ५ औं नम्बरमा परेको छ  ।

शिक्षा बिज्ञान तथा मानव श्राेत विकास केन्द्र सानोठिमी, भक्तपुरको विद्यालय शिक्षा क्षेत्र योजना तर्फको व्यवस्थापकीय तथा शैक्षिक सुधारमा रोल्पा जिल्ला कै उत्कृष्ट विद्यालय बन्न सफल हुनुका साथै देशकै उत्कृष्ट पाचौं नम्बरमा परेको छ ।  देशकै पाँचौ उत्कृष्टमा पर्दा निकै गौरव भएको महसुस गर्दै प्रधानाध्यापक भिम प्रकाश पुनले यस्मा भूमिका खेल्नु हुने  शिक्षक, विद्यार्थी, अभिभावक, विव्यस पदाधिकारी , स्थानीय तहलगायत सरोकारवालाहरुलाइ धन्यवाद दिनुभयो ।

यो नतिजाले विद्यालयलाइ प्रोत्साहन स्वरुप नगद पाँच लाख  रुपैयाँ प्राप्त भएको विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस