• एउटै दृष्टि, भिन्न कोण
  • Search

ढाका बुनाइ सम्बन्धि पुनः ताजकीय सीप विकास तालिमको समापन ।

काठमाडौ २०८० असार १३ गते बुधवार

माडी गाउँपालिका गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ढाका बुनाइ सम्बन्धि एक महिने पुनः ताजकीय तालिमको आज माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ ।

माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा माडी २ का वडा सदस्य सुरेन्द्र बुढामगरको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा जागरण अल्लो उद्योगका महिलाले ढाका बुनाइमा भोग्नुपरेका समस्याका बारेमा गाउँपालिका अध्यक्ष घर्तिमगरलाइ गुनासो पोखेका थिए भने तालिमले गर्दा केहि ज्ञान् प्राप्त गरेकोमा खुशी व्यक्त गरेका थिए । गत जेठ १४ गतेबाट शुरु भएको तालिममा जागरण अल्लो उद्योगका महिलाहरुको सहभागिता रहेको थियो ।
   कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष घर्तिमगरले घर्तिगाउँमा रहेको अल्लो उद्योग पश्चिम रोल्पाको अग्रणी महत्त्व रहेको उद्योग भएपनि यो उद्योग भनेजस्तो फस्टाउन नसकेकोमा यस्को नेतृत्वकर्ता अहिले नभएकोले भएको हुन सक्ने बताउनुभयो । यस अल्लो उद्योगका संस्थापक तथा महिला नेतृ हरिसरा घर्तिमगरको २ वर्ष अघि कोरनाका कारण निधन भएपछि उद्योग नेतृत्वविहिन रहेको छ ।

आजको कार्यक्रमको संचालन कार्यक्रमको संचालन मेड्पाका वरिष्ठ उद्यम विकास सहजकर्ता हिसिला डाँगी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस