रोल्पाको माडी २ व्याङखोलामा रहेको साझा आधारभूत विद्यालयको २ कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर बहादुर पुनको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माडी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ललित घर्तिमगर, गाउँ कार्यपालिका सदस्य धनमाया घर्तिमगर, वडा सदस्यहरु सुरेन्द्र बुढा,चन्द्र बहादुर खड्का,अनिता परियार,नेपाली कंग्रेसका प्रतिनिधि सशिराम खड्का, नेकपा एमालेका प्रतिनिधि विर बहादुर बिक, नेकपा माओवादी केन्द्रका प्रतिनिधि लालविर घर्तिमगर,कृष्ण मावि माडी २ घर्तिगाउँका विव्यस अध्यक्ष मधुसुधन बुढामगर लगाएतको उपस्थिति रहेको छ ।


उद्घाटन समारोहमा बिद्यालयलाइ आर्थिक सहयोग गर्ने सहयोगीदातालाइ सम्मान पत्रले सम्मान गरिएको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २५ लाख बजेट र ५ लाख ४ हजार जन श्रमदानबाट सो भवनको निर्माण सम्पन्न भएको हो ।
विद्यालयको शिक्षक जिवितकला केसी वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक आशिराम घर्तिमगरले गर्नुभएको थियो ।





