• एउटै दृष्टि, भिन्न कोण
  • Search

बागेश्वरी मा. वि. भावाङचौरमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

रोल्पा २०८० असार २९ गते शुक्रवार

बागेश्वरी माध्यमिक विद्यालय माडी ५ भावाङचौरका दलित छात्र-छात्रा र अन्य छात्रा विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ । शैक्षिक सत्र २०७९ को छात्रा र दलित विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद डाँगीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई प्रति विद्यार्थी ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ । कक्षा–१ देखि ८ सम्मका छात्रा र दलित छात्र छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । ५१ हजार २ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ ।

यस कार्यक्रममा माडी गा.पा. – ५ का वडा अध्यक्ष र सदस्यहरूको उपस्थित रहेको थियो। सिद्धपुजे परोपकारी समाज सेवाका महासचिव गोपाल खत्री, गाउँ युवा सञ्जाल माडी गाउँपालीका अध्यक्ष मधुकर डाँगी, पुवा गैरा सामुदायिक वनका अध्यक्ष मनरख वली, सुनौलो टोल विकास संस्था अध्यक्ष कुम्भकर्ण डाँगी लगायत अन्य समाज सेवी तथा बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको थियो।

माडी गाउँपालिका वडा नं. – ५ का वडा अध्यक्ष तेजेन्द्र बुढा मगरको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृत बहादुर खत्रीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको सञ्चालन शिक्षक नारायण प्रसाद डाँगीले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक लोक बहादुर वलीले दिनुभएको हो। सोही विद्यालय २०७९/०८०मा कक्षा १० सञ्चालन भएको हो र ३ सय ८० जना विद्यार्थी अध्ययनरत रहेको त्यहाँबाट मधुकर डाँगीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस