रोल्पाको गंगादेब गाउपालिकामा पालिकाको नाम र केन्द्रको बिषयमा सामाजिक सद्भाव भड्किने खतरा देखिएको छ । स्थानिय सरकार संचालन ऐन बिपरित गाउपालिका अध्यक्षले नाम र केन्द्र को बिषयमा नेपाल सरकारको निर्णय बिपरित लाद्न खोजेपछि सामाजिक सद्भाव भड्किने खतरा तर्फ उन्मुख भएको हो ।
गाउपालिका अध्यक्ष हरिबहादुर पुनले साउन १ गतेबाट लागुहुनेगरि गाउपालिकाको केन्द्र वडा नं ५ सानडाडामा रहेका कार्यालयहरु वडा नं २ सुकाओढारमा सार्न निर्देशन दिएका थिए । सोही निर्देशनको बिरुद्द गंगादेब गाउपालिका सक्रिय राजनैतिकदलहरु नेकपा एमाले, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त बिज्ञप्ति जारी गर्दै गाउपालिका भित्र सामाजिक सद्भाव बिथोलिय जिम्मेवारी लिन चेतावनी दिएका छन ।
गाउपालिकाको नाम र केन्द्रको उत्पन्न बिवादको बिषयमा अदालतमा मुद्दा बिचाराधिन रहेको अवस्थामा अध्यक्ष हरिवहादुर पुनले आफ्नो चुनावी प्रतिबद्धता अनुसार कार्यालय सुकाओढार सारेरै छाड्ने हवला दिदै आएका छन । स्थानिय सरकार संचालन ऐन र नेपाल सरकारको निर्देशन बिपरित जबरजस्ती काम गरिरहेको देखेर प्रतिपक्षदलहरु प्रतिकारको मानसिकतामा देखिएका छन ।
संघर्ष समितिको नाममा हस्ताक्षरित बिज्ञप्तिमा पालिका केन्द्र सानडाडाबाट कुनैपनि बहानाबाजीमा कार्यालय अन्यत्र नसार्न सचेत बनाएको छ ।