• एउटै दृष्टि, भिन्न कोण
  • Search

सामाजिक सुरक्षा परिचयपत्र नविकरण तथा राजश्व संकलन कार्यक्रम भावाङमा सुरु

रोल्पा २०८० साउन १५ गते सोमवार

माडी गाउँपालिका वडा नं. ५ भावाङमा सामाजिक सुरक्षा परिचयपत्र नविकरण तथा राजश्व संकलन कार्यक्रम सुरु भइरहेको छ।

आर्थिक वर्ष २०८०/०८१ को राजश्व संकलन भइरहेको छ भने ०७९/०८० को  सामाजिक सुरक्षा परिचयपत्र नविकरण श्रवण १५ गतेबाट भावाङको नागरिक सहायता कक्ष माडी ५ भावाङ झौबाङबाट सुरु भइरहेको छ। आज पहिलो दिन हेउवाङ टोल विकास संस्थाबाट सुभारम्भ भएको हो । यसै अनुसार १६ गते सुनौलो भावाङ टोल विकास संस्थाबाट काम हुने सचिव राम प्रसाद खत्रीले जानकारी दिनुभयो । आज १५ गते हेउवाङ टोल विकास संस्थाबाट ५० जनाले सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्नुभएको छ भने ६० जनाले राजश्व बुझाउनुभएको छ। जस्को उद्घाटन माडी ५ का वडा तेजेन्द्र बुढा मगरले गर्नुभएको थियो।

यसरी झौबाङको सहायता कक्षबाट सेवा पाउँदा सेवाग्राहीहरु एकदमै खुशी देखिनुहुन्थ्यो । पहिले एक घण्टाको पैदल यात्रा गरेर राजश्व र नविकरण गर्न जानु पर्थ्यो र अहिले १/२ घण्टा मात्र हिडेर काम बनेकोमा माडी ५ का स्थानीय तिर्थ बहादुर खत्रीले खुशी व्यक्त गर्नुभयो ।

एक दिनको बाटो हिँडेर काम बनाउनुपर्ने बाध्यता हटेर १/२ घण्टामा काम बनेकोमा जनता खुशी र उत्साहित भएको हेउवाङ टोल विकास संस्थाका अध्यक्ष बिक्रम खत्रीले बताउनुभएको त्यहाँबाट रेडियो माडी आवाजका सम्बादाता मधुकर डाँगीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस