रोल्पाको माडी गाउँपालिकाले कुनै सूचना तथा विज्ञापन प्रकाशन/प्रशारण गर्न गाउँपालिकाको स्वीकृती अनिवार्य लिन आग्रह गरेको छ ।
गाउँपालिकासँग सम्बन्धित सूचना, शुभकामना सन्देश,विज्ञापन, जनहितमा जारी सुचना स्वीकृत विना प्रकाशन तथा प्रसारणमा रोक लगाउनुका साथै सम्झौता गरेर मात्र प्रकाशन/प्रसारण र छपाइ गर्न आग्रह गरेको छ । सबै खालका सूचनाहरु लिखित सम्झौता तथा पुर्व स्वीकृत बिना प्रकाशन तथा प्रसारण नगर्न सूचना मार्फत आग्रह समेत गरेको छ ।
माडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद गौतमद्वारा हस्ताक्षरित सुचानाका अनुसार लिखित सम्झौता तथा पुर्व स्वीकृत विना सूचनाहरु प्रकाशन/ प्रशारण र छपाई गरी सिर्जना भएको आर्थिक दायित्व वहन गर्न गाउँपालिका जिम्मेवार नहुने र त्यस्तो रकम भुक्तानी समेत नगरिने बताइएको छ ।
२०८१ मङ्सिर २५ गते बुधवार