रोल्पाको गंगादेब गाउपालिकाले संचालनमा ल्याएको एक मात्र साँझा औषधी पसल बन्द भएको छ। नव निर्वाचित गाउपालिका अध्यक्षले स्वास्थ्यक्षेत्र परिवर्तनको नाममा जिनावाङ स्वास्थ्य चौकीमा संचालनमा रहेको औषधि पसल बन्द गराएका हुन !गाँउपालिकाले स्वास्थ्य क्षेत्रको कर्मचारी दर्वन्दि कटौती सगै साझा औषधी पसलको दर्बन्दी कटौति भएकोले सेवा पूर्णरुपमा बन्द भएको हो।
एक बर्ष यता साँझा औषधी पसल बन्द हुदा सहुलियत मुल्यमा बितरणकोलागि खरिद गरिएको झण्डै दुई लाख बराबरको औषधी प्रयोग मिति सकिएर प्रयोग बिहिन भएको स्वास्थ्य संस्था इन्चार्जले जानकारी दिए। बन्द साझा औषधी पसलको कोठा भाडा स्थानिय सरकारले बार्षिक ५५ हजार तिर्छ र अहिले पनि निरन्तर भुक्तानी गर्दै आएको छ ।
आव २०७५/०७६ गाँउसभाबाटको बिनियोजित बजेटबाट साँझा औषधी पसल संचालनमा ल्याइएको थियो । नव निर्वाचित अध्यक्ष हरिबहादुर पुनले साँझा औषधी पसलको उचित छानबिन गरि संचालनमा ल्याउन स्वास्थ्य संयोजक सक्कलदेब यादवलाई जिम्मेवारी दिए । जिम्मेवारी प्राप्त स्वास्थ्य संयोजकले अहिलेसम्म न हिसाब किताब संकलन गरेर बुझाए, न सहुलियत दरको औषधी बितरण गर्ने काम संचालनमा नै ल्याए ।
उचित निति र नियमको अभावमा संचालित साँझा औषधी पसल सुधारको प्रयास नगरि बन्द गर्नु स्थानिय सरकारको कम्जोरी रहेको एक स्थानियले बताए। उनका अनुसार सदरमुकामबाट दुर दराजमा रहेको पालिकामा स्वास्थ्य सेवा सुधारको नाममा सेवा कटौती हुनु स्थानिय सरकारको लाजमर्दो काम भएको टिप्पणी समेत गरे।
बिगतमा प्रयोग मिति सकिएको औषधीको प्रयोग मितिमा टिपेक्स लगाइ बितरण गरिएकोले पुन यस्तो अवस्था आउन सक्ने ती स्थानियले जिकिर गरे । हालका स्वास्थ्य संयोज नै औषधी टिपेक्स लगाउने आरोपि हुन, उनै यादव पुन: गंगादेव गाउपालिकामा उच्च अदालत तुल्सिपुरको आदेशमा स्वास्थ्य संयोजक पदमा आसिन छन ।
जिनावाङ स्वास्थ्य चौकीमा संचालित गंगादेबको एकमात्र ल्याव सेवा पनि स्थानिय सरकारले बन्द गराएको छ । राजनैतिक पूर्वाग्रह मात्र साध्ने गाउपालिका सरकारले जनहितमा काम गर्न नसक्ने निष्कर्ष युवाहरुले निकालेका छन।