जनतासँग माओवादी विषेश रुपान्तरण अभियान अन्तर्गत माडी गाउँपालिका वडा नम्बर ५ को बैठक भावाङको पाछावाङमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र माडी ५ का अध्यक्ष नन्द बहादुर बाँठामगरको अध्यक्षता एवम् अभियानका माडी गाउँपालिका संयोजक नरसिङ रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको विशिष्ट आतिथ्यता रहेको थियो । बैठकमा अभियानका सदस्यहरु बिर बहादुर घर्तिमगर, झक्कु प्रसाद परियार, दल बहादुर घर्तिमगर, गौमाया पुन, सविना घर्तिमगर, गाउँ कमिटी सदस्य रेग बहादुर मल्ललगाएतको उपस्थिति रहेको थियो । बैठकले टोलटोलमा अभियान सफल पार्न मिति तय गरेर जाने र जन बर्गीय समितिको बैठक बस्ने निर्णय समेत गरेको छ । कार्यक्रमको संचालन वडा कमिटी सचिव सनिदेवल बुढामगरले गर्नुभएको थियो । माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले वडा कमिटीको बैठक बस्दै अभियानलाइ टोलटोलमा पुर्याउने क्रममा भोली वडा नम्बर ६ को बैठक बस्ने बताइएको छ ।
