जनतासँग माओवादी विषेश रुपान्तरण अभियान अन्तर्गत माडी गाउँपालिका वडा नम्बर १ को बैठक पेदीखोलामा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र माडी १ का अध्यक्ष बलसिंह घर्तिमगरको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्र माडी गाउँपालिका अध्यक्ष तथा सरकार प्रमुख अमरसिंह घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभियानका सदस्यहरु झक्कु प्रसाद परियार, दल बहादुर घर्तिमगर,आम बहादुर घर्तिमगर, सविना घर्तिमगरलगाएत वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकले टोलटोलमा अभियान सफल पार्न मिति तय गरेर जाने र जन बर्गीय समितिको बैठक बस्ने निर्णय समेत गरेको छ । कार्यक्रमको संचालन वडा कमिटी अध्यक्ष बलसिंह घर्तिमगरले गर्नुभएको थियो । माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले वडा कमिटीको बैठक बस्दै अभियानलाइ टोलटोलमा पुर्याउने क्रममा वडा कमिटीको बैठकहरु सम्पन्न भैसकेका छन ।