• एउटै दृष्टि, भिन्न कोण
  • Search

गाँउपालिकाले गैर केन्द्रबाट कार्य संचालन गर्दै: गैर केन्द्रलाई निरन्तरता नदिन ज्ञापन पत्र

रोल्पा २०८० माघ ११ गते बिहिवार

गंगादेव गाउपालिका रोल्पामा सेवा प्रवाह पालिका केन्द्रबाट नगरि गैर केन्द्र सुखाओडारबाट सेवा प्रवाहको नाममा जनतालाई दुःख दिएको भन्दै नेकपा माओवादी केन्द्र गंगादेब गाँउपालिका राेल्पाले प्रमुख प्रशासकीय अधिकृत मार्फत ज्ञापनपत्र पेश गरेको छ । नेकपा माओवादी केन्द्र गंगादेव गाउँ समिति अध्यक्ष नरसिङ राना र इन्चार्ज रामबहादुर ओली द्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्र गाउपालिका केन्द्र सानडाडामा प्रमुख प्रशासकिय अधिकृत समक्ष पत्र बुझाएको र जिल्ला प्रशासन कार्यालय रोल्पामा बोधार्थ पठाएको हो ।

ज्ञापन पत्र बुझाउन गाउपालिकामा अध्यक्ष र इन्चार्ज सहित स्थानिय नेता कार्यकर्ताको सहभागिता रहेको थियो भने जिल्ला समन्वयको टिम ज्ञापन पत्र पत्र प्रमुख जिल्ला अधिकारीलाई बोधार्थ दिन जिल्ला प्रशासन कार्यालयमा प्रस्थान गरेको छ ।

ज्ञापन पत्रमा गाउपालिकाको नाम र केन्द्र परिवर्तनको हवाला दिदै गैर केन्द्रबाट सेवा प्रवाहकोनामा जनतालाई दुख दिने काम बन्द गर्न र दुख दिने कार्यलाई निरन्तरता दिए जनसंघर्षबाट रोकथाम गर्न वाध्य हुने र त्यसबाट उत्पन्न परिस्थिति, घटना र क्षेतिको जिम्मेवारी गाउपालिका अध्यक्ष हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस