रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ६ मा रहेको ताप्ला बजार देखि झाजरखोला ,बल्ले, ओखरबोट ,गर्पा हुदै डल्सिनेटी ,न्याउलेखा सम्म पुग्ने मोटर बाटो रुटमा झाजरखोला र बल्ले गाउँको बिचमा पर्ने सिमुने भन्ने ठाउँमा सडक बाटो अबरुद्ध भएको छ । स्थानीय खर्क बहादुर वलीले सडक बाटो भत्काएर घर बनाएपछि स्थानीय जनताले सास्ती भोग्नु परेको हो ।
बाटो भत्किएको ९ महिना पुग्दा सम्म पनि उक्त बाटो सुचारु नभएपछि स्थानीयहरुले गुनासो गर्न थालेका छन ।स्थानीयले सडक बाटोमा पर्न करिब ३० मिटर भुभागलाई ५० फिट तल झारेर घर निर्माण गरेको हुनाले यस्तो समस्या उत्पन्न भएको र उक्त ठाउँको बाटो सुधार गर्नेको लागि आफुले पटक -पटक पहल कदमी चालेको भएपनी उक्त बाटो सुधार गर्ने निकै अप्ठ्यारो रहेको वडा सदस्य सदस्य बिमल कुमार खड्काले बताए। उनका अनुसार जनता अशिक्षित, कुरा नबुझ्ने र पालिकाले वडा सदस्यको कुरा नसुन्ने कारणले पनि सोचे जस्तो काम गर्न निकै चुनौती खेप्नुपरेको गुनासो छ।
बाटो बिग्रिएको ठाउँमा कडा चटान रहेको छ, सानो मेसिनले काम गर्न सक्ने अवस्था देखिदैन, ठुलो मेसिन सानो कामकोलागि मात्रै नआउने भएकोले समस्या भएको स्थानियले बताए ।
स्थानीयहरुका अनुसार वडा सरकार र गाउपालिका सरकार प्रतिनिधिले यस बिषयमामा गम्भीर भएर नसोचेको, जनताको समस्यालाई चासो नदेखिएको गुनासो गरिरहेका छन। स्थानियका अनुसार “पहिलेको सरकारले सुचारु गरेको मोटर बाटो अहिलेको सरकार अबरुद्ध बनाएको समेत आरोप लगाएका छन ।
अहिलेको स्थानीय सरकारले कुनै पनि काम नगरेको गर्न प्रयास समेत नगरेको उनिहरुको गुनासो छ। वडा नम्बर ६ का अमर सत्य प्रथामिक बिदयाल, न्याउलेखा, राटामाटा लगायतका टोलहरुमा अझैम्म मोटर बाटो पुग्न सकेको छैन । भौगोलिक हिसाबले न्याउखोला, रातामाटा साविक राक गाविसमा पर्छ, गाउपालिका अध्यक्ष हरिबहादुर पुन पनि साविक राक गाविका प्रतिनिधि हुन ।