रोल्पामा स्थानिय तहहरुले जनयुद्ध दिवसको अवशरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन । रोल्पाको माडी गाउँपालिका र रोल्पा नगरपालिकाले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिने भएका हुन ।
गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार आगामी फागुन १ गते जनयुद्ध दिवस मनाउन विदा दिइएको विदा सम्वन्धी सुचनामा उल्लेख छ । माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०५०।१०।१७ गतेको निर्णयानुसार “जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मंगलबारका दिन माडि गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’– प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जारी गरेको सूचनामा भनिएको छ ।
त्यस्तै रोल्पा नगरपालिकाले पनि “लुम्बिनी प्रदेशको मिति २०७९/१२/१७ को राजपत्र अनुसार स्थानिय तहको आवश्यकतालाई मध्यनजर गरि स्थानिय तहको निर्णयबाट १ दिन सार्वजनिक विदा दिन मिल्ने प्रावधान अनुसार मििति २०८० /११/१ गतेका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएकोले सुचना सार्वजनिक गरिएको छ।” नगर प्रमुख सुरेन्द्र थापा घर्तीले हस्ताक्षर गरेको सुचनामा उल्लेख छ ।
परिवर्तन गाउपालिका रोल्पाले भने फागुन १ गते जनयुद्ध दिवस रचनात्मक कृयाकलाप गरि मनाउन सबै वडा कार्यालयहरुलाई पत्राचार गरेको छ ।