• एउटै दृष्टि, भिन्न कोण
  • Search

सगरमाथा आरोही हरी बुढा मगरलाई लुम्बिनी प्रदेश सभा सचिवालयलद्वारा सम्मान

भालुवाङ २०८० फाल्गुन १२ गते शनिवार

देउखुरी (दाङ) कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरी अपांगता भएका ब्यक्ति पनि उदाहरणीय कार्य गर्न सक्छ भन्ने बिश्व सन्देशका साथ नयाँ कृतिमान राख्नु भएका थवाङ गाउँपालिका -३ रोल्पा निवासी हरी बुढा मगरलाई आज लुम्बिनी प्रदेश सभा सचिवालयमा सम्मान गरिएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उहाँलाई सम्मान गर्नु हुँदै आत्मबिश्वास,जागरुकताले नै असम्भव लाग्ने काम पनि सजिलै सम्पन्न गर्न सकिने बताउनु भयो । विश्व कृतीमानी कार्यले नेपाललाई बिश्वसामु चिनाउन महत्त्वपूर्ण टेवा पुगेको बताउनु हुँदै उहाँले साहित्यमा झमक घिमिरे जस्तै साहसीक कार्यमा हरी बुढामगरको नाम अमर रहने बताउनु भयो ।

कृत्रिम खुट्टाको साहरामा सगरमाथाको सफल आरोहणले मानवजातिलाई नै उत्प्रेरणा दिएको उहाँले बताउनु भयो । सगरमाथा आरोही बुढामगरले सम्मानले आफुलाइ अझै साहसिक कार्य गर्ने प्रोत्साहन मिलेको बताउदै विभिन्न ७ देशका अग्ला हिमालको आरोहण गर्ने बताउनु भयो । अपांगता भएको ब्याक्तीले पनि सबलाङ्ग सरह काम गर्न सक्छ भन्ने सन्देश दिन पनि आफुले साहसिक कार्यमा हात हालेको उहाँको भनाइ छ । उहाँले बिश्व शान्तिको लागि बिश्व अभियान संचालनको तयारी गरेको पनि जानकारी दिनु भयो ।

उहाँ बिर्टिस सेनामा सेवारत रहदा अफगानिस्थान युद्धमा घाइते हुनु भएको थियो । दुबै खुट्टाको घुडा भन्दा तलको भाग गुमाउनु भएका बुढा मगर २०८० जेठ ६ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सन् २०१० मा अफगानिस्तानमा एम्बुस विष्फोटमा परी दुवै गोडा गुमाउनु भएका उहाँ सगरमाथा आरोहण गर्ने दुवै घुँडाभन्दा माथि गोडा गुमाएका (डबल एम्पुटी अबोभ नी) पहिलो व्यक्ति हुनुहुन्छ । सम्मान कार्यक्रम प्रदेश सभा सचिब दुर्लभकुमार पुन, सह सचिब ईश्वरी प्रसाद आचार्य, सभामुखकोप्रमुख स्वकीय सचिब पदम सोमै लगायत सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस