गंगादेव गाउपालिका -३ मनिमारेमा रहेको कोल्डस्टोरमा जडान भएको ट्रान्सर्फमर बिक्रेता कम्पनिले फिर्ता लिएको छ भने नेपाल बिधुत प्राधिकरण रोल्पा वितरण केन्द्र ले लाइन समेत काटेर लंथालिङ्ग अबस्थामा छ। बिक्रेता कम्पनीले ट्रान्सर्फमर खरिदकाे पूरा रकम नपाएको भन्दै जडान गरेको ठाउबाट निकालेर फिर्ता लिएको हाे भने काेल्डस्टाेरकाे बक्यौता रहेको विद्युत महसुल नतिरेको भन्दै केहिदिन पहिले विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्र रोल्पाले विद्युत लाइन काटेको थियो।
ट्रान्सर्फमर फिर्ता लिदा बिक्रेता कम्पनीले विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्र संगकाे समन्वयमा लिएको हाे ? भन्ने प्रश्नमा रोल्पा वितरण केन्द्र प्रमुख आशिषश्वर शाहले रोल्पा वितरण केन्द्र सँग कुनै समन्वय नभएको जानकारी दिए । शाह भन्छन: समन्वय भएको भन्ने होइन, गलत कुरा हो, त्यसमा सत्यता छैन तर महसुल बक्यौता नतिरेपछि लाइन काटेका हौं।´
काेल्डस्टाेरले विद्युतकाे महसुल शुल्क जडान गरे देखि अहिलेसम्म तिरेको छैन। जसअनुसार अहिलेसम्म महसुल बक्यौता रकम मात्रै २ लाख ४० हजार ८ सय १५ रुपैयाँ २७ पैसा रहेको विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्र रोल्पाका प्रमुख आशिषश्वर शाहले बताए।
उता ट्रान्सर्फमर बिक्रेता कम्पनिले कबुल गरेको रकम नपाएको भन्दै ट्रान्सर्फमर निकालेर दाङ पुर्याएको बताएको छ । कम्पनीका प्रतिनिधिले भुक्तानी गर्न बाकी रकम भुक्तानी गर्नु र सामान लिएर जोड्नु भन्दै मौखिक सन्देश पठाएको छ।
उता गंगादेब गाउपालिकाले उपलब्ध बनाएको अनुदान पनि पलेपले बेरुजु देखाएको गाउपालिका कर्मचारीले बताएका छन।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण भएको कोल्डस्टोर निर्माण सम्पन्न गरि स्थानिय सरकारलाई हस्तान्तरण गरिसकेको भएपनि उक्त कोल्डस्टोर स्थानीय अहिले सम्म प्रयोगमा आउन सकेको छैन।
विशेषगरी आलु र स्याउकाे पकेट क्षेत्र मानिने यस क्षेत्रमा आलु, स्याउ, र पछिल्लो समय विस्तारित किवी व्यवसायी गरेका कृषकहरुले आफ्नो उत्पादनलाई भण्डारण गरि राख्नका लागि प्रदेश सरकारकाे सहयोगमा निर्माण भएको हाे।
कोल्ड स्टोर निर्माण जिम्मा लिएको स्थानिय कृषकहरु समुहको निरन्तर संचालनमा ल्याउन सक्ने क्षमता नभएको र नदेखिएकाले, निरन्तर संचालनमा ल्याउन स्थानिय सरकारले विशेष पहल लिनुपर्ने अगुवा कृषकहरुको राय छ।