• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनी प्रदेशमा मिडिया सम्मेलन हुँदै

भालुवाङ २०८० फाल्गुन १८ गते शुक्रवार

बाँके जिल्लाकाे कोहलपुरमा  मिडिया सम्मेलन हुने भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित मिडिया सम्मेलन गर्न लागिएको हो ।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेशमा हुनलागेको मिडिया सम्मेलन लुम्बिनी प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडिया प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव २०० जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता हुनेछ ।

फाल्गुन २४ र २५ गते  संचालन हुने मिडिया सम्मेलनबाट लुम्बिनी प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र लुम्बिनी प्रदेशमा मिडियाहरुको अवस्थाका विषयमा छलफल हुने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बि.क.ले जानकारी दिए। “सम्मेलनमा सञ्चारमाध्यमले खेल्दै आएको भूमिका, उनीहरुको संस्थागत विकासका साथै रोजगारी र पेशागत सुरक्षाका विषयमा समेत बहस र छलफल हुनेछ” उनले भने ।

मिडिया सम्मेलनमा सञ्चारमाध्यमको हक हितका साथै वृत्ति विकास र पेशागत सुरक्षाको बारेमा छलफल हुनुको साथै मिडिया व्यवस्थापनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरिनेछ । मिडिया सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ

प्रतिक्रिया दिनुहोस