• एउटै दृष्टि, भिन्न कोण
  • Search

सुनछहरीले पायो ग्रामिण अल्ट्रासाउड मेसीन: गर्भवती महिलाले सेवा पाउने

रोल्पा २०८१ जेष्ठ ३ गते बिहिवार

रोल्पाको सुनछहरी गाँउपालिकाले ग्रामिण अल्ट्रासाउड मेसीन प्राप्त गरेकोछ । लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा उक्त ग्रामिण अल्ट्रासाउण्ड RoUSG मेसीन प्राप्त गरेको हो ।

सुनछहरी गाँउपालिकाको जेलबाङ स्वास्थ्य चौकीमा कार्यरत अनमिलाइ गाँउपालिकाले तालिमकोलागि सिफारीस गरि पठाएको र तालिम लिन गएकी अनमीले उक्त ग्रामिण अल्ट्रासाउण्ड मेसीन बुझेको सुनछहरी गाँउपालिका रोल्पाका प्रवक्ता अमरजित पुनमगरले बताए ।

उनले फेसबुक स्टाटस लेख्दै माननीय स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरको पहलमा ग्रामिण अल्ट्रासाउण्ड मेसीन प्राप्त गरेको भन्दै खुसी समेत ब्यक्त गरेका छन ।

रोल्पाका सबै स्थानिय तहहरुले ग्रामिण अल्ट्रासाउण्ड मेसिन प्राप्त गरिसकेको भएता पनि सुनछहरी गाँउपालिकामा अहिले सम्म पाउन सकेको थिएन । सुनछहरी गाँउपालिकाले प्राप्त गरेपछि अव रोल्पाका सबै स्थानिय तहहरुमा ग्रामिण अल्ट्रासाउण्डको पहुँच पुगेको हो ।

एक जना जनशक्तिलाइ तालिम सहित ग्रामिण अल्ट्रासाउण्डको लागत १० लाख नजिक हुन आउने राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र बुटवलले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस