गंगादेव गाउँपालिकामा आधारभुत तथा माध्यामिक तहका विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षकहरुको थप क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।गंगादेव गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा विषयगत शिक्षण तथा पाठ्यक्रम प्रवद्धन कार्यक्रम अन्तर्गत उक्त तालिमको आयोजना गरिएको हो।

गंगादेव गाउँपालिका भित्रका सम्पुर्ण आधारभुत तथा माद्यामिक तहका विषयगत शाखाका शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण प्रशिक्षक उत्तम कुमार खनाल, हेमन्त बस्नेत, अनिल रजौरे, मनिराम शर्मा लगाएतले आ-आफ्ना विषयका शिक्षकहरुलाई प्रशिक्षण दिनु भएको थियो।
गंगादेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी केसी रहनु भएको थियो।