• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडीको दुर्गम क्षेत्रमा बाल बिकास केन्द्र स्थापना ।

रोल्पा २०८१ जेष्ठ २७ गते आइतवार

माडी गाउँपालिकाको दुर्गम क्षेत्र मानिने माडी ५ भावाङ खुम्बासामा सरस्वती बालबिकास केन्द्रको आज (आइतबार) एक औपचारिक कार्यक्रमका बिच माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले उद्घाटन गर्नुभएको छ ।


    बिद्यालयमा साना बालबालिकालाई पढ्न जान टाढा भएकाले रोल्पा नगरपालिका ८ नम्बर र माडी गाउँपालिकाको ५ नम्बरका पर्ने उक्त स्थानको समस्यालाई मध्यनजर गरेर माडी गाउँपालिकाले बाल बिकास केन्द्र स्थापना गरेको हो । उक्त उद्घाटन समारोहमा माडी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष तेजेन्द्र बुढामगर, निवर्तमान वडा अध्यक्ष भरत बहादुर बुढामगर, माडी गाउँपालिकाका प्रशासन अधिकृत पहलमान वली, नेकपा माओवादी केन्द्र माडी ५ का वडा अध्यक्ष नन्द बहादुर बाँठामगरलगाएत स्थानीयको उपस्थिति रहेको थियो ।


     स्थानीय सरकार प्रमुख आफै दुर्गम बस्तीमा करिब १ घन्टा ३० मिनेट गाडीको यात्रा र करिव २ घन्टा पैदल हिडेर बाल बिकास केन्द्र पुगेर एक रात स्थानीयसँगै भलाकुसारी गर्दै उद्घाटन गर्दा स्थानीय बासी निकै खुसी र हर्षित देखिन्थे । स्थानीय बासीले सरकार नै आफ्नो गाउँठाउँमा आएको देख्दा र जनताको दुख सुखमा साथ दिएकोमा आभार व्यक्त गरेका थिए । जनताको इच्छा चाहना अनुरुप नै आफू अघि बढ्ने बताउदै गाउँपालिका अध्यक्ष घर्तिमगरले उक्त भूगोलमा देखिएको सिमा समस्या समेत समाधानमा लागि परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस