• एउटै दृष्टि, भिन्न कोण
  • Search

दोस्रो पटक गाउँपालिकाको नाम र केन्द्र हेरफेर – नेकपा (माओवादी केन्द्र)ले जनायो विरोध

रोल्पा २०८१ भाद्र २३ गते सोमवार

नेपाल सरकारले गंगादेव गाउँपालिका रोल्पाको नाम र केन्द्र दोस्रो पटक हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानिय सरकार संचालन ऐन २०७४ उलङ्गन गर्दै गंगादेव गाउँपालिकाको नाम दोस्रोपटक पुनः सुकिदह गाउँपालिका केन्द्र सुकाओढार राख्ने निर्णय गरेको हो ।

स्थानिय सरकार सुरुवाती  समयमा सुकिदह गाउपालिका नाम रहेक‍ोमा २०७४ मंसिर २९ गते बसेको गाउँ सभाबाट स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ अनुसार  गाँउ पालिकाको नाम र केन्द्र हेरफेर गर्ने निर्णय बमोजिम नेपाल सरकारले २०७४ फागुन १४ गते राजपत्रमा सुचना प्रकाशन गरि पहिलो पटक नाम र केन्द्र हेरफेर गरि नाम गंगादेव र केन्द्र सानडाडा कायम गरेको थियो ।

दोस्रो स्थानिय निर्वाचन २०७९ परिणाम पश्चात् निर्वाचित नेतृत्व परिवर्तन सगै दोस्रो पटक पुन: नाम र केन्द्रको  हेरफेर भएको छ ।

गाउपालिका अध्यक्ष हरिबहादुर पुनको प्रस्तावमा ८ वैशाख २०८१ को गाउँ सभाले गाउँपालिकाको नाम हेरफेर गर्ने सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरी निर्णय गरेको थियो ।  सोही  बमोजिम  नेपाल सरकारले दोस्रो पटक नाम र केन्द्र हेरफेर गरेको हो ।

“स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ को भावना विपरीत  सरकारको निर्णयको बिरुद्धमा अदालत जाने नेकपा माओवादी केन्द्र गंगादेव गाउँ समितिले जनाएको छ । गंगादेव गाउपालिका इन्चार्ज रामबहादुर ओली द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा नेपाली काग्रेसको नेतृत्वमा गाउपालिका गठित सरकारले बिगतका कामहरु उल्टाउने बाहेक अरु काम नगरेको आरोप लगाउदै अदालतबाट गंगादेव र सानडाडा नै कायम बनाउने प्रतिबद्धता जनाएका छन ।

उनले गाउपालिकाको नाम र केन्द्रको विषयमा भौगोलिक र राजनितीकरुपमा प्रतिवाद गर्न आग्रह समेत गरेका छन । राजपत्रमा सुचना प्रकाशन नहुदै कार्यालय उद्घाटन गर्ने, गाउपालिकामा सार्वजनिक विदा दिने, भोजको आयोजना गर्ने कार्य निन्दा समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस