• एउटै दृष्टि, भिन्न कोण
  • Search

बिमा बापतको रकम किसानलाइ हस्तान्तरण ।

काठमाडौ २०८१ कार्तिक २६ गते मङ्गलवार

किसानकोे बोका मरेपछि बिमा बापतको रकम आज हस्तान्तरण गरिएको छ । माडी ३ दामाङ रोल्पाको गाउँबेशी महिला मुल समुहका किसान जय कुमारी बिकको बोका गत असार अन्तिमा अचानक बिरामी भएर मरेपछि बिमा गरिएको २९ हजार ५ सयको ९५ प्रतिशत रकम २८ हजार २५ रुपैया रकमको चेक माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले किसान बिकलाइ हस्तान्तरण गर्नुभएको हो ।
माडी गाउँपालिकामा माडी गाउँपालिका र हेफर प्रोजेक्टको आर्थिक सहयोग रुडास नेपाल रोल्पाको सहजीकरणमा संचालित माडी कृषि तथा पशु उद्यमशिलता परियोजनाले बोका प्रदान गरेको हो भने बोकाको बिमा हिमालयन एभरेष्ट बिमा कम्पनीमा गरेको परियोजना प्रमुख बिनोद रिजालले जानकारी दिनुभयो । बोकाको बिमा रकम भने किसानले २० प्रतिशत र ८० प्रतिशत माडी गाउँपालिकाले तिर्ने गरेकोमा किसानले ७९५ रुपैया मात्र तिरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस