काठमाडौं । यार्सागुम्बा टिप्न नपाउँदा तलकोट गाउृँपालिकाका बासिन्दाले बाटो बन्द गरिदिएका छन् । साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै उनीहरुले बाटो बन्दा गरिदिएका हुन् ।
साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन्। वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ।

