रोल्पाको गंगादेव गाँउपालिकाको स्थानिय नेता समाजसेवी तथा पत्रकार कुलबहादुर गुरुङले बिहवार सामाजिक संजाल फेसबुकमा दुइवटा भिडियो सेयर गर्दै गंगादेव गाँउपालिका स्थानिय सरकारलाइ कृषि उपज बजार पठाउने माध्याम मोटरबाटो निरन्तर संचालनमा ल्याउन लामै सुझाव लेखे । उनले भनेका छन ”बर्षादका कारण गंगादेव गाउँपालिका भित्र बाटो बिग्रिएर सडकहरु अबरुद्ध हुँदा किसानहरुको उत्पादन (बिशेष गरि आलु) बजार निकासी गर्न ढुवानीमा समस्या परिरहेको जनगुनासो आईरहेको छ ! स्थानीय सरकारको ध्यानाकर्षण होस !”
गंगादेब गाँउपालिका वडा नं १ निवासी जंग बहादुर डाँगीले स्थानिय सरकारप्रति टिप्पनी गर्दै किसानको पक्षमा धारना सार्वजनिक गरेका छन। स्थानीय सरकारले किसानहरुको उत्पादनमा लाप्रबाही गरेको स्पष्ट देखिएको भन्दै गुनासो पोखेका हुन ।
उनका अनुसार नाउली भालुमारे गोठिखोला सडक अबरुद्ध भएको दुई हप्ता बितिसक्दा पनि बाटो नखुलाएको र गाँउपालिका अध्यक्ष लाई फोन गर्दा मोबाइलमा कुरा हुन नसकेको र कर्मचारीलाई सोधपुछ गर्दा निर्माण ब्यवसाही टंक बहादुर वलीलाइ बाटो सफागर्ने जिम्मेवारी दिएको छौ भनेको दुइ हप्ता वितेको लेखेका छन ।
उनले गंगादेव गाँउपालिका वडा नं १ भूर्ती र गोठीखोलाका किसानहरु घरमै थन्कीएको पिडा पनि खुलाएका छन । उनले सामाजिक संजालमा भिडियो सेयर गर्दै स्थानिय सरकारलाइ ढुरेकानोको शैलीमा निदाएको समेत संकेत गरेका छन ।

गत बर्ष ७० ट्रक आलु बजार पठाएका स्थानिय ब्यवसाही ललित डाँगीले यो बर्ष २० ट्रक मात्र बजार पठाएको बताए । मोटरबाटो समस्या भएकै कारण यो बर्ष उत्पादनको ५ प्रतिशत मात्र आलु आजको दिनमा बजारमा गएको बताए । बाटोका कारण बजारमा माग भएजति आलु पठाउन नसकेको किसानको ९५ प्रतिशत आलु अझै घरमा रहेको विवरण सुनाए ।
उनका अनुसार स्थानिय सरकारले कृषि उत्पादनमा कर लिने गरेको तर उत्पादित कृषि उपज पठाउन गाँउपालिकाको बाटोहरु सफा नगरि असहज बनाएको गुनासो गरे । उनले भने तसर्थ हामी संगठितरुपमा नै निर्णय गरेर ब्यवसाहीहरुले उत्पादित कृषि उपजको कर दिन छोडेको बताए ।
स्थानिय ब्यापारी गन बहादुर भण्डारी अनुसार बाटोको विषयमा स्थानिय सरकारका प्रतिनिधि सँग टेलिफोन संवादगरि सहज गरिदन भनि अनुरोध गर्दा आफ्नो पेशा खुरुखुरु गर्न अनावश्य स्थानिय सरकारलाइ टचन नगर्न भनि जवाफ दिएको बताए । अब हामी हाम्रा ट्याक्टरहरु दिन्छौ तेल पनि हामी नै किन्छौ कहि कतैबाट जेसिवी मेसिनको ब्यवस्था भए बाटो सहज बनाएर पनि आलु बजार सम्म पुर्याउन मिहिनेत गर्ने बताए । उनको आलु बोकेको ट्याक्टर दुइ हप्ता अगाडी वडा नं २ मा दुर्घटना समेत भएको थियो ।
उता ब्यवसाही खुमबहादुर केसी भने रोल्पाको आलु दाङ सम्म जान ३ देखी ४ दिन लाग्ने काठमाण्डौ सम्म पुर्याउन १५/१६ दिन लाग्ने गरेको बताए । उनेले मोटरबाटो सहज नगरिदिदा आफुले खरिद गरेको आलु बोकेको ट्रक समेत दुर्घटना भएको बताए । बजारमा आलु्को माग जति पनि छ तर हामीहरुले बजारमा पठाउन सकेका छैनौ उनले भने ।
गंगादेव गाँउपालिकाका निवर्तमान गाँउपालिका अध्यक्ष बिर बहादुर खत्रीले गाउँपालिका अध्यक्ष हरीबहादुर पुनले ठेकेदारबाट कमिसन उठाउनकैलागि गाँउपालिकाको जेसिवी मेसिन अहिले सम्म मर्मतगरि संचालनमा नल्याएको आरोप लगाए । स्थानिय मोटरबाटोहरु सफाइ गर्न स्थानियलाइ कुनै जिम्मेवारी नदिएको ठेकेदारबाट कमिसन खानालाइ नै भएको दावी समेत गरे ।
गंगादेव गाँउपालिका अध्यक्ष हरी बहादुर पुन लाइ यस बिषयमा नेपाल फ्यूजनकर्मीले जानकारी माग्दा ”बर्षादको समयमा राजमार्गहरु भत्किने अबरुद्ध हुने बिषय सामान्य हो । असोज लाग्दा सम्म यस्तै रहन्छन भन्दै तर्किने प्रयास गरे । सहायक बाटाहरु हुन भने सम्वन्धित वडाका अध्यक्षलाइ जानकारी गराउ उनले भने।
गंगादेव गाँउपालिकाको जेसीबी मेसीन बिगत ३ वर्ष यता काम बिहिन भएर सुकाओडारमा रहेको सेवा केन्द्रको जमिनमा अलपत्र अवस्थामा थन्कीएको छ ।

