अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो ।
बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना तिर्नेछ ।

