- बिष्णु जाेशी

तस्बिर: चर्चित पर्यटकीय स्थल खप्तडकाे हाे।
शिरमा हाम्रो साईपाल, छातीमा सुर्मादेवी ताल।
खप्तडको सुन्दरता अब, हेर्न आओस नेपाल।।
कति सुन्दर छ सुदूरपश्चिम संसारलाई देखाऔं।
आउ सबै मिली बझाङ्ग बनाऔं, खप्तडलाई चिनाऔं
आफ्नै संस्कृतिमा गर्व गरौं, आफ्नै कलामा रमाऔं
देउडा गाऔं, खेल्लाऔं, बान्नीका चैतला राम झाउ।।
कति नीको छ बझाङ्गी भाषा,सब्बुकी सुनाऔं।
आउ सबै मिली बझाङ्ग बनाऔं, खप्तडलाई चिनाऔं।।
जयपृथ्वीले श्रीपेच धरौटी राखी, जनता पढाएको ठाउँ।
अदरौंडै इस्कूल छाडी साइबौ तमि, बैंगलोर जन झाउ।।
गोरुथी, घाँसपात बा-आमा झाउ, चेला-चेली पढ़ाऔं।
आउ सबै मिली बझाङ्ग बनाऔं,, खप्तडलाई चिनाऔं।।

