• राज्य सरकार
  • Search
राज्य सरकार

पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

२०७७ भाद्र २७ गते शनिवार

रोल्पाको लुङग्री गाउँपालिका–१ पाँङ ऐपेमा गएराति पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिँदा स्थानीय ज्ञानसिंह घर्तीमगरका ११ वर्षीय छोरा युवराज घर्ती र ८ वर्षीय छोरा अमर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।