• एउटै दृष्टि, भिन्न कोण
  • Search

रवी लामिछानेलाई बचाऊ भन्दै माग्ने बुढाले फेसबुकमा यस्तो लेखेपछि..

२०७६ भाद्र ८ गते आइतवार

काठमाडौं। हास्य कलाकार केदार प्रसाद घिमिरे माग्ने बुडा शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रबि लामिछानेको पक्ष्यमा उभिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै माग्ने बुढाले आफू सत्यको पक्षमा रहेको र रवि लामिछानेलाई खुलेर साथ दिने बताएका छन् । उनले फेसबुक स्टेटसमा लेखेका छन्,‘आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्झाइरहने अवस्था देखिएकोले रवि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो ।

(सालिक राम पुडासैनी परिवार पनि न्याय पाउनुपर्छ ) मातृभूति, आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्नुपर्दछ । गाली र गाली दुवै स्वीकार्य छ । (नोट : कसैको नून खाएको छैन) । उता पत्रकार रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुक मार्फत लेखिएको स्टाटसमा भनिएको छ सम्भवत : सम्माननीय अदालतले (आईतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ ।

यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।

हेर्नुहोस स्टाटस जस्ताको तस्तै-

प्रहरीको अनुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै मरेको छैन । सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ । यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।- रवि लामिछाने“ We are for TRUTH; We are for JUSTICE” #proudtobeyourwife# with Rabi Lamichhane #imwithrabilamichhane

प्रतिक्रिया दिनुहोस