• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको सुनछहरी गाँउपालिकामा पशु बिज्ञान बिषयको पढाइ संचालन

रोल्पा २०७७ मङ्सिर ४ गते बिहिवार

रोल्पाको सुनछहरी गाँउपालिका ७ मा रहेको रोलबाङ माध्यमिक बिधालय जेलबाङमा प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् ( सिटीईभीटी) द्वारा मान्यताप्राप्त बिधालय तहको प्राबिधिक शिक्षा अन्तरगत पशु बिज्ञान बिषयमा पहिलो पटक पढाइ संचालन हुने भएको छ । आउदो आइतबार देखि पढाइ संचालन हुने बिद्यालयले जनाएको छ।

प्राविधिक बिषयमा ४० जना कोटा रहेको पशु बिज्ञान बिषयको लागि मुख्य प्रशिक्षक एक जना र सहाय प्रशिक्षकको लागि दुई जना गरि जम्मा तीन जना प्रशिक्षकहरु छनोट भइसकेका बिधालयका प्रधानाध्यापक लोकनाथ पन्थीले बताए। उहाँका अनुसार प्राबिधिक शिक्षा पढाइको लागि बिधालय भवन बन्दै रहेकोले तत्कालको लागि पठनपाठन साविककै बिधालय भवनमा पढाइ सुचारु गर्न लागेको जनाए।

पहिलो पटक प्राबिधिक धारको पढाई सुनछहरी गाउँपालिकामा संचालन गर्न पाउँदा आफू अत्यन्तै खुसी रहेको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए। उहाँका अनुसार अबको योजाना प्राबिधिक शिक्षा मार्फत बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न तिर जोड दिनेमा आफुहरु लागि रहेको र अन्य प्राबिधिक बिषयहरु पनि संचान गर्न पहल गर्ने योजना रहेको जनाए।

घरकै खाना खादै गाउँमै प्राबिधिक शिक्षा पाउने भए पछि बिद्यार्थीहरु पनि खुसि भएका छ्न। एसईई पछि थप अध्ययनको लागि पोखरा,दाङ जाने सोचाइमा रहेकी जेलबाङ्की रामसरी पुनमगर अहिले आफ्नै गाउँमा प्राबिधिक धारको पढाइ सुरु हुने भए पश्चात गाउँमै पढनको लागि भर्णा गरिसकेको बताइन।

यस गाँउपालिका भित्रका बालबालिकाहरु प्राबिधिक शिक्षा अध्ययनको लागि यस अघि बाहिरी जिल्ला वा जिल्ला सदरमुकाम लिबाङ तिर जाने बाध्यता रहेको थियो।अहिले गाउँ मै प्राबिधिक शिक्षाको पढाइ हुने भए पछि आफू अत्यन्तै खुसी भएको जेलबाङका समाजसेवी रामसुर पुनमगर बताउछन।

प्रतिक्रिया दिनुहोस