• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल राष्ट्रिय मावि सुनछहरी गाउपालिकाको नयाँ भवन अध्यक्षबाट उद्घाटन

रोल्पा २०७७ मङ्सिर २५ गते बिहिवार

नेपाल राष्ट्रिय माध्यमिक बिधालय सुनछहरी – ४  सिउरीको  ४ काेठे नयाँ भवन उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष आशबहादुर पुनबाट एक समाराेहकाे वीच उद्घाटन गरिएको हो।
लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारी लागत रकम ६५ लाखमा  भवन कार्य सम्पन्न भएको हो बिद्यालयले जनाएको छ। भवन उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष पुनले सुनछहरी गाउँपालिका शिक्षा स्वास्थ्य लगाएत बिकासका पुर्वाधारबाट निकै पछि रहेकाले अब शिक्षा र स्वास्थ्यको बिकासमा लाग्ने बताए ।
वि.स. २०१८ सालमा स्थापना भएको बिद्यालयमा हाल ३७५ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन । कक्षा १- १० सम्म संचालित बिद्यालयमा शिक्षक दरबन्दी संख्या ३ रहेका छन । गाउँपालिका अनुदान कोटामा माध्यमिक तहको  बिज्ञान विषयको दरबन्दी १ जना र बाकी ८ जना निजि स्रोत बाट  शिक्षकहरु रहेका बिधालयका प्रधानाध्यापक राजकुमार रानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस