• एउटै दृष्टि, भिन्न कोण
  • Search

तुलसीपुर बाणिज्य संघको नयाँ नेतृत्वको लागि काँग्रेसको तर्फबाट हिमाल बस्नेत

दाङ २०७७ माघ २३ गते शुक्रवार

नेपाली काँग्रेसले पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) लाई पुनः आगामी नेतृत्वको लागि उम्मेदवार चयन गरेको छ ।

शुक्रबार काँग्रेसले आफ्नो तर्फबाट संघको नेतृत्वको लागि बस्नेतको नाम टुंगो लगाएको हो । तुलसीपुर उद्योग बाणिज्य संघमा नेतृत्व गर्न कस्लाई पठाउने भन्ने बारेमा नेपाली काँग्रेसले एक हप्ता अगाडि नेता केशब आचार्यको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो ।

समितिको सस्दयहरुमा क्षेत्रीय सभापति जगतबहादुर खड्का र जिल्ला सदस्य सुरेन्द्र खड्का सदस्य थिए । उम्मेदवार छनोट समितिका संयोजक केशब आचार्यले अध्यक्षमा हिमाल बस्नेतको नाम टुँगो लगाएको र अन्य पदाधिकारीहरुको नाम टुँगो लगाउन बाँकी रहेको बताए । ‘सकभर आजै बेलुका सम्म र त्यसो नभए भोलिसम्म हामी अन्य पदाधिकारीहरको पनि नाम टुँगो लगाउने छौं,’ संयोजक आचार्यले भने ।

यसैबीच उद्योग बाणिज्य संघमा सर्वसहमतिमा नेतृत्व चयनको लागि समेत काँग्रेसले अन्य दलहरुसंग छलफल गरेको उम्मेदवार छनौट समितिका संयोजक आचार्यले बताए । उनले नेपाली काँग्रेस सकभर सर्बसहमतिको पक्षमा लचक भएर प्रस्तुत हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस