बिहान ८ बजेजाडिबुटि चोकमा रामेछाप जानकोलागि गाडी कुरिरहेको थिए। भिडभाड र कोलाहल थियो। प्रायः पुर्व जाने गाडी जडिबुटी बाटै छुट्ने गर्छन। त्यही भएर बिहान पूर्वका यात्रुहरुको जमघट निकै हुने गर्छ। केही छिनमा गाडी आयो। म गाडी चढे। गाडीमा यात्रु खचाखच नै थिए। पछाडी सिट मा एक जना बा बस्नु भएको रहेछ म उहाँ सङ्गै गएर बसे।
बाबु कहाँ सम्मको यात्रा हो? बाले सोध्नु भयो। मेरो रामेछाप मन्थली हो बा अनि हजुरको? मैले सोधे। “म चाहिँ भकुन्डे सम्म। गाउँ नआएको धेरै भयो गाउको यादले धेरै सतायो अनि हिडेको बाले भन्नुभयो औपचारिक गफ सङ्गै बा सङ्ग केहि पारिवारिक गफगाफ पनि भयो। अनि मैले सोधे “बा परिवारमा कति जना हुनुहुन्छ नि अहिले”? मैले सोधे
हाम्रो परिवार त ठूलो छ बाबू तर अहिले चाहिँ हामी दुईजना बुढाबुढी मात्र बस्छौ। अनि अरु चाहिँ कता हुनुहुन्छ नि? मैले सोधे। बा लामो सास फेर्दै भन्न थाल्नु भयो। मेरो घर चाहि भकुन्डेबेशी। हामी त्यस्तै २०५५-५६ सालतिर बसाई सरेर काठमान्डौ गयौ। मेरा तीन छोरी र एक छोरा गरि छ जनाको हाम्रो परिवार छ। छोराछोरी सबैले राम्रो पढे अहिले सबै छोराछोरी बिदेश छन। छोरा अमेरिका छ र तिनै छोरी अस्ट्रेलिया छन, बुढेसकालमा हामी बुढाबुढी मात्रछोराछोरिको सारै याद आउँछ, मन गाठो पर्छ। मन भक्कानिएर आउछ, तर के गर्नु बाबू सम्झेर बस्ने मात्र त होनि ? केही भावुक हुँदै भन्नुभयो अनि बा हजुरहरु पनि उतै बिदेश नै गएर बस्दा हुन्न र? जान त हामी धेरै चोटि गइसक्यौ। छोरा छोरी नि यतै बसौ बुवाआमा भन्छन तर मनै मान्दैन आफू जन्मेको ठाउँ,आफ्नो माटो,आफुले खाली खुट्टै हिडेका यी गोरेटा अनि पसिना बगाएको ठाउँ छोडेर जानै सकिएन। यति बेला गाडी भकुन्डेबेशी पुग्नै लागेको थियो।
झ्यालबाट खेतका फाटहरु देखाउदै भन्नू भयो “यो खेतको तोरि पेल्न हामी खाली खुट्टै बनेपा सम्म पुग्थेउ। त्यति बेला न सडक न गाडी न अहिलेको जस्तो बजार अनि मान्छे तर पनि रमाईलो थियो। परिवार सङ्गै थियौ। त्यति बेला परिवार साथमा थियो अनि दुख पनि। अहिले दुख पनि टाढा छ अनि परिवार पनि।
ग्वार्को मा घर छ बुढाबुढी मात्र बस्छौ बहिर कोलाहल भिडभाड भए पनि घर शून्य शुन्य लाग्छ मलाई। दिन कटाउनै गारो। त्यही भएर एक्लोपन हटाउन हामी गाउँ आईरहन्छौ ।अहिले के छैन सम्पती छ धन दौलत छ तर मनमा अभाव छ खुशिकोभौतिक सुखले मात्र खुशी नदिने रैछ बाबू, मन नै खुशी छैन भने बाहिरी सुखको के काम ? जवकी मन नै सम्हाल्न सकिन्न भने? बाले भावुक हुँदै भन्नू भयो। ‘बा’ को कुरा सुनेर मेरो मन पनि भारी भयो आज मान्छे हरु पैसाको पछि यति दौडिरहेका छन कि उनीहरु आफ्नो लागि पनि समय छुट्यौदैन ? आफुलाई पनि समय दिन सक्दैनन झन परिवारको त कुरै छोडौ।
यहि झरौ खाना खाऔ अनि म गाउँ घुमाउला बाबुलाई बा भन्दै हुनुहुन्थ्यो समयले फेरि भेटायो भने सङ्गै बसेर खाना खाउला बा कुनै दिन। तर अझ मलाई हतार छ जसरी नि पुग्नु पर्छ म आज बा भकुन्डेबेशी झर्नु भयो र गाडी बेतोडले हुईकियो ।