• एउटै दृष्टि, भिन्न कोण
  • Search

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि २ दिने तालिम घर्तिगाउँमा सम्पन्न

रोल्पा २०८० बैशाख १३ गते बुधवार

रोल्पाको माडी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि २ दिने तालिम बुधबार सम्पन्न भएको छ ।

बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाइ व्यवस्थापकीय प्रशिक्षण दिने उदेश्यले आयोजना गरिएको तालिममा माडी गाउँपालिका ३३ वटा सामुदायिक बिद्यालय र २ वटा संस्थागत बिद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष घर्तिमगरले बिद्यालयको व्यवस्थापकीय पाटोलाइ यो प्रशिक्षणले टेवा पुर्‍याउने आशा लिएको बताउनुभयो ।

१२ गते उद्घाटन भएको तालिमको प्रशिक्षकमा पत्रकार तथा मानव अधिकार कर्मी खेम बुढामगर र बाल कल्याण नमुना मावि लिवाङका पुर्व विव्यस अध्यक्ष महेश न्यौपाने रहनुभएको थियो । साथै सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ माडी गाउँपालिका समिति समेत गठन गरेको छ । श्री चन्द्रोदय आधारभूत विद्यालय माडी ५ एनावाङका अध्यक्ष चन बिक्रम घर्तिमगरको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो । जस्को उपाध्यक्षमा भगवती आधारभूत बिद्यालय माडी २ पारिवाङका अध्यक्ष खडक बहादुर वली, सचिवमा प्रगतिशील बाल बिकास केन्द्र माडी ३ बेस्रावाङका अध्यक्ष यज्ञ बहादुर खड्का र कोषाध्यक्षमा नेत्र आधारभूत बिद्यालय माडी ६ मेहलडाँडाका अध्यक्ष अमृता कुमारी घर्ति रहनुभएको छ ।

त्यस्तै सदस्यमा लाल कुमारी वली, दिपक कुमार घर्ति,कर्ण कुमारी बुढामगर,कृत बहादुर खत्री,दिल कुमारी बुढा,ब्रमलाल घर्ति,कमला बुढामगर,पत्रसिङ बुढा,बिर बहादुर बुढा, भिम बहादुर खड्का र मानसिङ डाँगी रहनुभएको छ ।


प्रतिक्रिया दिनुहोस