गरिवी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम माडी ३ को भारते र दामाङमा सम्पन्न भएको छ ।
माडी ३ का कार्यवाहक वडा अध्यक्ष लुद्र बहादुर घर्तिमगरको अध्यक्षता एवम् माडी गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८० प्रतिशात अनुदानमा माडी ३ भारतेमा च्याउ खेतीको लागि लालिगुराश च्याउ खेती समुहलाइ आवश्यक प्रविधि हस्तान्तरण गरिएको छ भने माडी ३ दामाङको नाच्नेथला कृषक समुहलाइ बारी जोत्ने मेसिन (पावर ट्रेलर) हस्तान्तरण गरिएको छ ।
कार्यकममा बोल्दै पालिका उपाध्यक्ष जयपुरी घर्तिमगरले अनुदानमा प्राप्त सामाग्रीले किसानको आय आर्जनका साथै काम छिटो छरितो हुनेमा विश्वास लिदै सामाग्रीको जतन गरी उपभोग गर्न समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा वोल्दै वडा सदस्य बल बहादुर बुढामगरले अघिल्लो सरकारबाट वितरित विभिन्न अनुदानको खोजी गरिने र हाल वडामा वितरण भैरहेका अनुदानलाइ कडा निगरानी गरिने वताउनु भएको थियो ।
लघु उद्यम बिकास कार्यक्रमले साना किसान तथा साना उद्यमीलाई विभिन्न सीपमूलक तालिम तथा प्रविधि हस्तान्तरण गर्दै आइरहेको वरिष्ठ लघु उद्यम सहजकर्ता हिसिला डाँगीले जानकारी दिनुभयो ।