• एउटै दृष्टि, भिन्न कोण
  • Search

घर्तिगाउँ बजार सरसफाइ सम्बन्धमा बैठक सम्पन्न

रोल्पा २०८० जेष्ठ २१ गते आइतवार

रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ स्थित घर्तिगाउँ बजार सरसफाइ सम्बन्धि सरकारी तवरको बैठक घर्तिगाउँमा सम्पन्न भएको छ ।


माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा बसेको बैठकले घर्तिगाउँ बजार सरसफाइको लागि कुचो तथा डस्टबिन वितरण गर्ने र घर्तिगाउँ टोल विकास संस्थामा रहेका पानीका मुहानलाइ टोल विकास संस्थाले नै संरक्षण गर्ने निर्णय गरेको छ । घर्तिगाउँ बजार गाउँपालिकाको केन्द्र भएकाले बजार सरसफाइ र हराभरा बनाउन टोल विकास संस्थालाइ नै जिम्मेवारी दिएकाले सरकारको तर्फबाट हुने सहयोग पुर्णरुपमा हुने पालिका अध्यक्ष घर्तिमगरले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


बैठकमा गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगर, घर्तिगाउँ टोल विकास संस्थाका अध्यक्ष लिला बहादुर घर्तिमगर, स्वयंसेविका, क्रियाशिल व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस