• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिकाका ३ वटा वडा पुर्ण खोप सुनिश्चित वडा घोषणा

रोल्पा २०८० जेष्ठ २५ गते बिहिवार

रोल्पाको माडी गाउँपालिकाका ३ वटा वडा पुर्ण खोप सुनिश्चित वडा घोषणा भएका छन ।

माडी गाउँपालिकाका वडा नम्बर ४,५ र ६ नम्बर वडामा रहेका जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाहरु यसवर्ष पुर्ण खोप लगाएकाले घोषणा प्रमाणित सभामार्फत आज छुट्टाछुट्टै कार्यक्रमबाट घोषणा गरिएको छ । माडी ४ को खर्सुडाँडा, वडा नम्बर ५ को पाछावाङ र वडा नम्बर ६ को कोर्चावाङमा कार्यक्रम गर्दै पुर्ण खोप वडा घोषणा गरिएको हो । प्रत्येक वर्ष बालबालिकालाइ पुर्ण खोप सुनिश्चित भएपछि कार्यक्रममार्फत घोषणा गर्ने प्रचलन रहेको छ ।

माडीको ३ वटा वडा हिजो २३ गते पुर्ण खोप सुनिश्चित वडा घोषणा भएसँगै पालिका नै पुर्ण खोप सुनिश्चित पालिका घोषित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस