• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिकाले लियो सरोकारवालाबाट राय तथा सुझाव

रोल्पा २०८० असार ३ गते आइतवार

रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि गाउँपालिका स्थित सरोकारवालासँग राय तथा सुझाव संकलन गरेको छ ।

माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कंग्रेस रोल्पाका पुर्व सभापति कृष्ण बहादुर घर्ति, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य प्रेम घर्तिमगर,नेकपा माओवादी केन्द्र माडी गाउँपालिका उपाध्यक्ष भरत बहादुर बुढामगर, एकीकृत समाजवादी रोल्पा जिल्ला सल्लाहकार समिति संयोजक इन्द्र बहादुर घर्तिमगर, नेकपाका रोल्पा जिल्ला न्यायिक समिति संयोजक देव बहादुर वली, पालिकामा रहेका संघीय र प्रदेश सरकारका कार्यालयका प्रमुख तथा प्रतिनिधि, अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै साविक घर्तिगाउँ गाविसका सभापति समेत रहनुभएका कृष्ण बहादुर घर्तिमगरले शिक्षा, स्वास्थ्य, संचार, सांस्कृतिक विकास, भौतिक पुर्वाधारका विषयमा बुँदागत सुझाव पेश गर्नुभएको थियो । रोचक ढंगले प्रस्तुत हुनुभएका उहाँ हालसम्म भएका विकासलाइ संरक्षण गर्दै आगामी विकास पनि दीर्घकालीन सोचका साथ योजना वनाइ गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य प्रेम घर्तिमगरले पालिकाले केहि कामहरु राम्रै गरेको साथै कुनैपनि काममा प्रतिपक्षी दललाइ समेत समेटेर विकास निर्माणका काम गर्न र भएका कामको सार्वजनिक गर्न सुझाव दिनुभएको थियो । नेकपा माओवादी केन्द्र माडी गाउँपालिका उपाध्यक्ष भरत बहादुर बुढामगरले स्थानीय सरकारले गरेका काम अत्यन्तै सह्रानीय रहेको बताउदै सल्लाह सुझाव जतिसुकै बेला दिन सकिने बताउनुभयो । माडी गाउँपालिकाले असार १० गते बजेट प्रस्तुत गर्दैछ भने निति तथा कार्यक्रम त्यस अगावै प्रस्तुत गर्ने तयारी गरेको छ । कार्यक्रममा उपाध्यक्ष जयपुरी घर्तिमगर, ६ वडामा वडाअध्यक्षहरु, पालिकाका विषयगत शाखा प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।

राय सुझाव संकलन कार्यक्रममा पालिका स्तरीय र वडा स्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस