• एउटै दृष्टि, भिन्न कोण
  • Search

पुर्ण सरसफाइ उन्मुख सम्बन्धि अभिमुखिकरण कार्यक्रम माडी २ घर्तिगाउँमा सम्पन्न

रोल्पा २०८० असोज ८ गते सोमवार

माडी गाउँपालिका वडा नम्बर २ को आयोजनामा सरोकारवालासँग पुर्ण सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम घर्तिगाउँमा सम्पन्न भएको छ ।

माडी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ललित घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा २ नम्बर वडाका सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वडा स्थित टोल विकास संस्थाका पदाधिकारी, सरसफाइ टोल विकास संस्थाका पदाधिकारी, आमा समुह, स्वास्थ्य स्वयम् सेविकालगाएतलाइ अभिमुखिकरण गरिएको थियो । कार्यक्रमको प्रशिक्षणमा वास विज्ञ भोलानाथ आचार्य रहनुभएको आयोजकले जानकारी दिएको छ । माडी गाउँपलिकाले आगामी सन २०२८ सम्म गाउँपालिकालाइ नै पुर्ण सरसफाइ उन्मुख बनाउने र वडा नम्बर २ ले सन २०२५ सम्म वडालाइ पुर्ण सरसफाइ उन्मुख बनाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस