• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रविधि हस्तान्तरण कार्यक्रम माडी १ मा सम्पन्न

रोल्पा २०८० जेष्ठ १ गते सोमवार

गरिवी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम माडी १ को पेदीखोलामा सम्पन्न भएको छ ।

माडी १ का वडा अध्यक्ष रोहित सिंह घर्तिमगरको अध्यक्षता एवम् माडी गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८० प्रतिशात अनुदानमा माडी १ आरलनेटाको रिमिक्स तरकारी समुहलाइ बारी जोत्ने मेसिन (पावर ट्रेलर) हस्तान्तरण गरिएको छ ।

कार्यकममा बोल्दै पालिका उपाध्यक्ष जयपुरी घर्तिमगरले अनुदानमा प्राप्त मेसिनबाट किसानको खेतवारी जोत्ने काम छिटो छरितो हुनेमा विश्वास लिदै मेसिनलाइ जतन साथ प्रयोग गरी उपयोग गर्न समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा वोल्दै वडा अध्यक्ष रोहित सिंह घर्तिमगरले अघिल्लो सरकारबाट वितरित विभिन्न अनुदानको खोजी गरिने र हाल वडामा वितरण भैरहेका अनुदानलाइ कडा निगरानी गरिने वताउनु भएको थियो ।

लघु उद्यम बिकास कार्यक्रमले साना किसान तथा साना उद्यमीलाई विभिन्न सीपमूलक तालिम तथा प्रविधि हस्तान्तरण गर्दै आइरहेको वरिष्ठ लघु उद्यम सहजकर्ता हिसिला डाँगीले बताउनुभएको गाउँपालिकाका प्रेस सल्लाहकार बुद्धिमान ओलीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस