• आजको फ्युजन
  • Search
आजको फ्युजन

एमाले राेल्पाले गर्यो त्रिवेणीका अग्निपीडितलाई सहयोग

२०७८ बैशाख १६ गते बिहिवार

नेकपा एमाले रोल्पाले त्रिवेणी गाउँपालिकाका आगलागी पीडितहरुलाई सहयोग गरेको छ। आगलागी पीडितहरुलाई विभिन्न खाद्यान्नका सामाग्रीहरु वितरण गरिएको हो। पीडितहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्दै एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै विपतको सामना गर्न स्थानीयलाई हौसला दिए।